BreakingPolitics

अमेरिका र चीन भ्रमण : प्रधानमन्त्रीको आह्वान सर्वदलीय बैठक, साँझ परराष्ट्र विज्ञसँग छलफल गर्ने

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणको विषयलाई लिएर सर्वदलीय बैठक राखेर सुझाव लिएका छन् । 

आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ससदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरु, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग छलफल गरेर सुझाव लिएका हुन् । 

सो क्रममा प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button