Breaking

प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा

काठमाडौ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button