BreakingInternational

अफगानिस्तानमा चिनका राजदुत नियुक्त, राजदुत नियुक्ती गर्ने चीन पहिलो देश

काबुल, २८ भदौं । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि चीनले काबुलमा आफ्नो पूर्णकालिक राजदूत नियुक्त गरेको छ। 

चीन यस्तो गर्ने पहिलो देश हो। यसको पुष्टि गर्दै तालिबानका प्रवक्ताले नयाँ चिनियाँ राजदूत झाओ जिङले तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दसँग भेट गरेको बताए ।

तालिबान प्रशासनका उपप्रवक्ता बिलाल करीमीले एक विज्ञप्तिमा भनेका छन्, ‘एक समारोहमा प्रधानमन्त्री र अफगानिस्तानका लागि नयाँ चिनियाँ राजदूत झाओ जिङबीच भेटवार्ता भएको थियो। जहाँ दुवैले आपसमा कुराकानी गरेका थिए। अफगानिस्तानका लागि नवनियुक्त चिनियाँ राजदूतले नयाँ मिसनप्रति खुशी व्यक्त गरेका छन्।’

यसै क्रममा जिङले अफगानिस्तानका लागि चिनियाँ राजदूतका रूपमा काम सुरु गर्न पाउनु मेरो लागि सम्मानको कुरा भएको बताएका छन ।  उनले जनवादी गणतन्त्र चीनको नेतृत्व गुणको प्रशंसा गर्दै प्रधानमन्त्री अल्हाजी मुल्ला मोहम्मद हसन अखुन्दलाई बधाई दिए।

चिनले असल छिमेकीका रूपमा चीनले अफगानिस्तानको स्वतन्त्रता, क्षेत्रीय अखण्डता र निर्णयको स्वतन्त्रताको पूर्ण सम्मान गरेको पनि बताए । नयाँ राजदूतले तालिबान शासनमा अर्थतन्त्र र सुरक्षा सुनिश्चित गर्नका साथै भ्रष्टाचार, अपराध र लागुऔषधविरुद्धको लडाइँमा धेरै सुधार भएको दाबी गरे। उनले भने, ‘म चीन–अफगानिस्तान सम्बन्ध, अर्थतन्त्र र अन्य क्षेत्रमा सहयोगलाई सुदृढ गर्ने प्रयास गर्नेछु।’

यो उल्लेखनीय छ कि अफगानिस्तानको तालिबान नेतृत्वलाई स्वीकार गर्ने पहिलो देशहरूमध्ये रुस र चीन छन्। यसअघि पनि उनले द्वन्द्वग्रस्त मुलुकसँग सम्बन्ध सुदृढ गर्न पटक पटक आह्वान गरिसकेका छन् । चीनले अफगानिस्तानमा करोडौं डलर लगानी गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button