Breaking

साँंगाको झोलुङ्गे पुल तल युवक मृत अवस्थामा फेला

भक्तपुर, २९ भदाै । भक्तपुरको सूर्यविनायक नगरपालीका वडा नं. १० चित्तापोलस्थित झोलुङगे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक ईन्द्रावती गाउपालिका वडा नं. ३ घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालीका वडा नं. १३ नयाँबस्ती सागाँ बस्ने बर्ष २३ को सैलेश भारती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई घटनास्थल शव जाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत भेटिएकाे परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button