BankingBrandingBreakingBusiness News
ट्रेन्डिङ

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ ।


असोज १ गतेदेखि लागू हुने गरी बैंक सञ्चालक समितिले रेग्मीलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।

विगत १५ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए अर्थशास्त्र तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।

रेग्मीको ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन जस्ता क्षेत्रमा अनुुभव रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button