
कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन
काठमाडौं– कोका कोला नेपालले “चिल एन विन” को अपार सफलता पछि “चिल एन विन २.०” क्याम्पेन फेरी लिएर आएको छ।
यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ । यस रोमाञ्चक क्याम्पेनले ग्राहकवर्गमाझ अनेकौं एक्साईटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ । यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ ।
एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा <COKE> <SPACE> <LABEL युनिक कोड > <SPACE> <FULL NAME> टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।
यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ ।
“चिल एन विन २.०” क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्नेछ । ग्राहकहरूले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ । “चिल एन विन” को पहिलो संस्करण, “क्याप मा कार” तथा “स्प्राइटसंग जित्ने मौका” कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन् ।
“चिल एन विन २.०” को साथमा कोका–कोलाले नेपालभरका ग्राहकवर्गलाई रिफ्रेशमेन्टका साथै अविस्मरणीय अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ ।