‘बाडौं खुशी, चढौं सुजुकी’ नयाँ अफर सार्वजनिक
काठमाडौं । सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ नामको नयाँ अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट पाउनेछन् ।
यसैगरी सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ ।
सो नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन् । साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ ।
सुजुकीको नेपाली बजारमा बर्गम्यान, एभेनिस र एक्सेस सहित तीनवटा मोडलका स्कुटर उपलब्ध छन् भने मोटरसाइकलमा हायते, जीक्सर र इन्ट्रयुडर छन् ।