BrandingBusiness NewsCorporate

नेपाल बैंकको कामु सीईओमा समता पन्त

काठमाडौ । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ।

सीईओको रूपमा ४ वर्षे कार्यकाल सकिएसँगै कृष्णबहादुर अधिकारी औपचारिक रूपमा बाहिरिए पछि पन्तलाई कामु सिइओको जिम्मेवारी दिइएको हो ।

आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख(डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एमबिएससम्मको अध्ययन गरेकी छिन्।

वि।सं २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रूपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button