BreakingEntertainment
इलामबाट ‘अञ्जिला’ को छायांकन सुरु
काठमाडौं । इलामको आइतबारेदेखि फिल्म ‘अञ्जिला’ को छायांकन सुरु भएको छ । निर्देशक मिलन चाम्सले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका हुन् । फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहनेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म अञ्जिला पात्रको भूमिका एन्जिलाले नै निर्वाह गर्दैछिन् । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा देखाइनेछ ।