स्टिल्केसद्वारा काठमाडौमा प्रमुख डिलर शोरूम, अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता
काठमाडौ । कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले प्रमुख डिलर शोरूम काठमाडौ खोलेको छ ।
एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरुको नेपालभर बहुस्तरीय शोरुमहरुमा प्रदर्शन गरिएको छ।
नयाँ शोरुमले स्थानिय तथा अन्तराष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रुपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरुको पहुँच पुर्याएको छ।
हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ कम्पनीका प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले बताए ।
नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। प्रसिद्ध चेयरहरुस् थिङ्क, जेस्चर, र पर्सनालिटी प्लस सहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको मार्केटिङ प्रमुख उद्धव गुप्ताले सम्पुर्ण जानकारी दिए ।
प्रदर्शनमा केही सहायक सङ्कलनहरुको चयन गरिएको छ जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरु छन् र यसमा विश्वप्रसिद्ध डिजाइनरहरुको हात रहेको छ। कम्पनीका बिक्री निर्देशक राम मोहन भन हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ । यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ।
नेपालमा काम र कार्यक्षेत्रको भविष्य थप राम्रो बनाउन हामीले एक विश्वशक्तिसँग साझेदारी गरेकोमा खुसी महसुस गरेका छौँ । फ्युजनका संस्थापक हितेश गोल्छा भने हाम्रो स्टिलकेससँगको साझेदारीले नेपाली कार्यालयहरूको सुगम समाधानहरू र असीम सम्भावनाहरूमा अझ योगदान पुर्याउनेछ।
स्टिलकेस एकमात्र व्यवसाय हो जसले ८ बर्षदेखि जीवनभरका लागि वारेन्टी प्रदान गर्दछ। हामी हाम्रो नयाँ शोरुममा वर्तमान र नयाँ ग्राहकहरूको स्वागतसँगै र उहाँहरुको आवश्यकता अनुसार उत्कृष्ट समाधान प्रदान गर्नमा सहयोग गर्न उत्साहित छौँ।
फर्निचर २००० प्रलिका निर्देशक हितेश गोल्छा, प्रवन्ध निर्देशक आशिष पन्त र हिमांशु गोल्छा ले कम्पनीको दिगोपन र ग्राहकहरूलाई उत्कृष्ट योग्य उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई स्वीकार गर्दै टोलीका सदस्यहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको लागि धन्यवाद दिए ।