Insurance & Finance

हिमालय बैकले दियो दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा

काठमाडौ । हिमालयन बैकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको धर्मपत्नी विमला गुराँगाईलाइ बैकका बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्ससंग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।

हिमालयन बैकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button