
BrandingInternationalPolitics
प्रधानमन्त्री प्रचण्डसँग वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरको शिष्टाचार भेट
काठमाडौ । नेपाल भ्रमणमा रहनु भएकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान प्रधानमन्त्री प्रचण्ड भेट्न वरिष्ठ निर्देशक रियर लाउबाचर प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर बुधबार काठमाडौँ आउनु भएको थियो ।