BrandingBreakingBusiness NewsTourism

व्यवसायीक उडान थप्दै बृद्ध एयर, काठमाडौं–तुम्लिङटारमा पहिलो व्यावसायिक उडान

काठमाडौं । बुद्ध एयरको १७औँ एटीआर विमानको व्यावसायिक उडान सुरु गरेको छ ।

काठमाडौं–तुम्लिङटार रुटमा आइतबार उक्त विमानको पहिलो व्यावसायिक उडान गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । सो उडानमा ५९ यात्री सवार थिए ।

बुद्धले गएको अक्टोबर २७ मा नयाँ एटीआर विमान भित्र्याएको थियो । विमान भित्र्याइएको करिब डेढ महिनापछि रङरोगन र आवश्यक सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान सुरु गरिएको कर्णले बताउनुभयो ।

बुद्ध एयरले हाल १४ वटा एटीआर–७२ र तीन एटीआर–४२–३२० विमानमार्फत उडान भर्दै आएको छ ।
बुद्ध एयरले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वनारसमा उडान भरिरहेको कम्पनीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button