BankingBrandingBusiness NewsShare MarketTrending

सिटिजन्स बैंक इन्टरनेसनलको स्वामित्वको सिबिआइएल सेक्युरिटिज कारोबार सुरु

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलको स्वामित्वमा भएको सिबिआइएल सेक्युरिटिजले धितोपत्र कारोबार सुरु गरेको छ ।

बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनीको उद्घाटन गर्नुभएको हो । उद्घाटनसँगै कम्पनीले टिएमएस सेवा सञ्चालनमा आएको जनाइएको छ ।

उद्घाटनपछि बैंकका अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सिबिआइएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने बताउनुभयो ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)गणेशराज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको बताउनुभयो । उहाँले आगामी दिनमा अरू विभिन्न किसिमका सेवा–सुविधा ग्राहकमाझ ल्याउने गरी थप संस्थाहरूको स्थापना गर्न सकिने बताउनुभयो ।

कम्पनीले आफ्ना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवालगायत डिम्याट खाता तथा केन्द्रीकृत केवाइसी खोल्ने सेवासमेत प्रदान गरिने व्यवस्था रहेको जनाइएको छ ।

ग्राहकले बैंक खाता खोल्न तथा सेयर धितो कर्जासमेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्ने उल्लेख छ । निकट भविष्यमा देशका विभिन्न प्रदेशमा शाखा खोली उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिएको जनाइएको छ ।

संस्था बैंकको कुपन्डोलमा रहेको आफ्नै भवनमा सञ्चालनमा ल्याइएको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button