BrandingBusiness NewsCorporate

प्रभु बैंक र ॐ हस्पिटलबिच सम्झौता, ग्राहकसँगै कर्मचारीका परिवारले छुट पाउने

काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्।

बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने बैंकले जनाएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button