BrandingBreakingCorporatePolitics

तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री, १ सय ५३ सांसद पक्षमा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा संसदमा विश्वासको मत लिने हुनुभएको छ ।

नयाँ सत्ता सकिकरण भएसंगै काँग्रेसले दिएको समर्थन फिर्ता गरेकोले प्रधानमन्त्रीले बिश्वासको मत लिनको लागि तयारीमा लाग्नुभएको हो ।१४ महिनायता तेस्रो पटक प्रधानमन्त्रीले विश्वासको मत लिदै हुनुहुुन्छ ।

यसअघि पहिलो पटक गत वर्षको पुस २६ गते र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिनु परेको थियो ।

विश्वासको मतका लागि दाहालले माओवादी केन्द्रको संसदीय दलबाट ह्विप जारी गर्ने निर्णय गराएका छन् भने सत्ता साझेदार दलहरूसँग छलफल तीव्र पारेका छन् ।

विश्वासको मत लिएपछि मात्रै सदनमा महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र प्रतिनिधिसभामा पेस भएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुने छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने सबैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री दाहाललाई एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसमेतले बिश्वासको मत दिने तयारी देखिन्छ । यसरी प्रधानमन्त्रीको पक्षमा अहिलेसम्मको स्थिती हेर्दा
१सय ५३ सांसद देखिएका छन् ।

बिपक्षमा कांग्रेससँगै राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, आमजनता पार्टी गरी ११९ सांसद छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button