BankingBrandingBusiness NewsCorporate
लक्ष्मी सनराइज बैंकले घोषणा लाभांश गर्यो
काठमाडौ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।