BrandingBreakingBusiness News

मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन : अर्थमन्त्री डा.महत


मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘कतिपय साथीहरुलाई गठनबन्धन किन गर्नुप¥यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’

‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ । एकल बहुमतका लागि हामीले ठूलै जनप्रभाह हासिल गर्नुपर्ने उहाँको भनाइ थियो’ उहाँले भन्नुभयो, ‘कांग्रेसबाट सरकारमा सहभागी भएका हामीले काम गरिरहेका छौं, तर देशमा समस्या धेरै छ, आवश्यकता धेरै छन् । तर हाम्रो सामथ्र्य कम छ ।

देशको आम्दानी थोरै छ, थोरै आम्दानीले धेरै समस्याको समाधान एकैपटक हुँदैन । तर समस्या समाधानका लागि हामीले इमान्दार प्रयास गरिरहेका छौं, समर्पणका साथ काम गरिरहेका छौं ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘म अर्थमन्त्री बनेका\ बेला हाम्रो अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा थियो, अघिल्लो सरकारले सिर्जना गरेको समस्या थुप्रिरहेका थिए । त्यसबेला ठूल–ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ ।

बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ । घरबाट निस्कन नमिल्ने बेलामा धेरै ऋण प्रवाह भयो । त्यो ऋण जग्गा र सेयर बजारमा लगानी भयो । जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर लगानी भएको थियो । तर सधैं भाउ बढ्ने अवस्था थिएन । त्यसबेला जसले ऋण लिए उनीहरु अहिले समस्यामा छन् ।’

बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको मन्त्री डा. महतको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, हामी जुन संस्थामा लागेका छौं, यो संस्थामा पुरानो र युवा पुस्ता छ । यो पार्टी एउटा परिवारजस्तो पार्टी हो । लामो समयदेखि दुःखसुखमा हामी सँगै छौं, लामो उठबस भएपछि १९–२० हुनु स्वभाविक हो । ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ । मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन ।’

आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभ्यौं भने कांग्रेसले बहुमत ल्याउन सक्छ । एकताभाव, सद्भाव, सहकार्य र समर्पण कमी आउनु हुँदैन । हाम्रो कतिपय उठबसमा देखिएका समस्याले तिक्तता विकसित हुन्छ । यो तिक्तता आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुने उहाँले बताउनुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button