BankingBrandingBreakingBusiness NewsCorporate

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन

कठमाडौ । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडले चयन हुनु भएको छ ।

संञ्चालक समितिको बैठकबाट रामु पौडेलज्यूलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडलले डेप्युटी गभर्नर बम बहादुर मिश्र सँग अध्यक्ष पदको सपथ ग्रहण गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button