BrandingBreakingBusiness NewsShare Market

शेयर बजार सकारात्मक, ७ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत अर्थात् ३५ दशमलव ३९ अंक बढेर २ हजार १४१ दशमलव ८७ विन्दुमा पुगेको हो । यससँगै नेप्से परिसूचक लगातार सात कारोबार दिन वृद्धि भएको हो । सात कारोबार दिनमा परिसूचक ९ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरूपमा केही लचिलो नीति लिएपछि शेयर बजारमा सकारात्मक माहोल देखिएको हो । राष्ट्र बैंकले शेयर धितो कर्जामा जोखिमभार घटाएको र ब्याजदर घटाउने नीति लिएकै कारण शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको जानकार बताउँछन् । 

यसो त लामो समयदेखि घटेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा रहेकाले पनि खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ । 

३०६ धितोपत्रको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर १ लाख ११ हजार ७२३ पटकमा रू. ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ११ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, थ्री स्टार हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, बिपिडब्लु लघुवित्त, बलेफी हाइड्रोपावर, युनाइटेड इदी मर्दी आरवि हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, हिमालयन डिष्टीलरी र बोटलर्स नेपाल बालाजुको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । 

बुधवार सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ३ दशमलव ८२ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ८ दशमलव ५५ कायम भएको हो । दोस्रोमा नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशत घटेर रू. ६६० मा झरेको हो ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले अ‍ोटगेको छ । यस कम्पनीको रू. ३७ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. २४ करोड ५३ लाख बराबरको भएको हो । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक १ दशलमव ८९ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ०८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै लगानी समूहको ६ दशमलव ९२ र व्यापार समूहको परिसूचक ६ दशमलव २० प्रतिशत वृद्धि भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button