काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ।
शुक्रबार सुन प्रतितोला ८ सय र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको कारोबार १ लाख १९ हजार ८ सय रुपैयाँमा भइरहेको छ भने तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन १ लाख १९ हजार र तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी प्रति तोलामा ५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।