काठमाडौ । वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएकाे हाे।
यसअघि लगानी सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने बताईएकाे थियाे ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ।
निर्देशक समितिको पहिलो बैठक गत मंसिर १० गते बसेको थियो। उक्त बैठकले सम्मेलन अघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्न निर्देशन दिएको थियो।