AutoBrandingBusiness NewsCorporate

तार शर्ट हुदाँ MG ZS EV मा आगलागी : एमजी मोटर्स

काठमाडौ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विद्युतको तार शर्ट हुदाँ MG ZS EV जलेको जनाएको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोकमा एक ग्राहकले चार्ज गर्दा आगलागी भएको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

एमजी कम्पनीको सवारी साधन मध्ये दर्ता नं प्रदेश ०१–०२७ ख १५८१ नम्बरको MG ZS EV ९ गते काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भई नष्ट भएको सम्बन्धमा कम्पनीले जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरेको जनाएको हो ।

प्रारम्भिक विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको कम्पनीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button