BrandingBreakingBusiness NewsCorporate

केएनपी नेरोलेकको दुई नयाँ पेन्ट सार्वजनिक

काठमाडौं । जापानको पेन्ट केएनपी नेरोलेकले दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा दुई नयाँ पेन्ट एक्सेल इभरलास्ट १२ र इम्प्रेसनस इको क्लिन सार्वजनिक गरेको हो ।

नयाँ पेन्ट एक्सेल इभरलास्ट १२ पेन्ट एक्सटेरिरो (बाहिरको लागि) र इम्प्रेसनस इको क्लिन पेन्ट इन्टेरिरो (घरको भित्रीको लागि) लगाउन मिल्छ । यी दुवै पेन्टमा ‘सुपर रिच प्रपर्टिज’ र हानिकारक किटाणु प्रतिरोधी लगायतका थुप्रै बिशेषताहरु रहेका छन् ।

सार्वजनिक गरिएका दुई पेन्टहरु मध्ये ‘एक्सेल इभरलास्ट १२’ मा १२ वर्ष सम्मको वारेन्टी दिइएको छ ।

त्यस्तै, ‘इम्प्रेसनस इको क्लिन’ पेन्टमा ‘सुपर लक्जरी फिनिश’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र हानिकारक गन्धपनि नआउने हुनाले, घरभित्र लगाउन सो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button