BankingBrandingBreakingBusiness NewsCorporateInsurance & Finance

प्रभु इन्स्योरेन्सको सिइओमा सन्चित बज्राचार्य नियुक्त, बिमा क्षेत्रकै अब्बल कम्पनी बनाउने प्रतिवद्धता

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्चित बज्राचार्य नियुक्त हुनु भएको छ ।

कम्पनी संचालक समितिको बैठकले आगामी चार वर्षको कार्यकालका लागि कम्पनीको सिइओमा बज्राचार्यलाई नै निरन्तरता दिइएको हो ।

आगामी माघ १ गतेदेखि लागू हुनेगरि बज्राचार्यलाई सिइओमा पुन नियुक्ति गरिएको हो ।

उहाँले बीमा क्षेत्रमा करिब २ दशक र सरकार तथा गैरसरकारी संघरसंस्थाहरुसहित ३० वर्ष बढीको कार्य अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गर्नु भएको बज्राचार्य बीमा तथा आर्थिक क्षेत्रको दखल राख्नु हुन्छ ।

यसअघिका कार्यकालमा प्रभु इन्स्योरेन्सलाई उचामा पुर्‍याउन अहम भूमिका खेलेका बज्राचार्यले अबको कार्यकालमा कम्पनीलाई बिमा क्षेत्रकै अब्बल कम्पनीका रूपमा स्थापना गराउन प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button