BankingBrandingBusiness NewsCorporate

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर -२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डे ज्यू ले सिमरा शाखाकोे उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डे ज्यूले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनुभयो ।

उहाँले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताउनुभयो । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button