BankingBrandingBusiness NewsCorporate

गरिमा विकास बैंकले १०% लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०र८१ को लागि लेखापरीक्षण नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पूजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ ।

साधारण सभाको लागि २०८०पौष १७ गतेदेखि शेयरधनीदर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गतेसम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनस शेयर प्राप्त गर्ने छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button