BankingBrandingBreakingBusiness NewsCorporate

चिलिमे जलविद्युतले दियाे नगद लाभांश

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गरिसकेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले पछिल्ला तीन आर्थिक वर्ष निरन्तर १५ प्रतिशत लाभांश वितरण गरेको हो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ । अघिल्ला दुई आर्थिक वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गर्नेछन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button