BankingBrandingBreakingBusiness News

बैंकहरुले घटाए ब्याजदर ,कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर माघ महिनाको तुलनामा अधिकांश बैकले ब्याजदर घटाएको हुन ।

राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले आउँदो महिनाका लागि ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम अनुसार
फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् ।

कुन बैंकको ब्याजदर कति
२० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुले फागुनका लागि ब्याजदर घटाएका छन् । तीन वटा सरकारी स्वामित्वका बैंक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित, सिटिजन्स् बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने बाँकी तीनवटा बैंक एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरको निरन्तरता दिएका छन् ।

बैंकहरुले संस्थागत खाताका लागि ४.४४३ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् भने व्यक्तिगत खाताका लागि ८ प्रतिशतदेखि ८।२५ प्रतिशतसम्म प्रस्ताव गरेका छन् ।

वाणिज्य बैंकहरुमध्ये सानिमाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.५१ प्रतिशत र संस्थागतमा ५.५१ प्रतिशत ब्याज दिने भएको छ।

कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ८.०१ प्रतिशत र संस्थागतमा ६.०१ प्रतिशत, नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

यसैगरी कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ६.४४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७.३५, प्रभु बैंकले ७.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ७.६ प्रतिशत, नबिल बैंकले ७.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ प्रतिशत, एनआईसी एसिया बैंकले ८ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.१ प्रतिशत र हिमालयन बैंकले ८.७२ प्रतिशत निर्धारण गरेका छन्।

हिमालयन बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले भने माघकै ब्याजदरलाई फागुनमा निरन्तरता दिने भएका छन्। माघमा हिमालयनले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.१५ प्रतिशत र माछापुच्छ्रे, लक्ष्मी सनराइज र एभरेष्टले ८ प्रतिशत ब्याज दिएका थिए। अब यही ब्याजदर फागुनमा पनि यी बैंकले उपलब्ध गराउनेछन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button