BrandingBusiness NewsCorporateInfo-Tech

रियलमी नार्जाे एन–५३ नयाँ भेरियन्ट सार्वजनिक, एआई क्यामेरा

काठमाडौं । रियलमीको रियलमीनार्जाे एन– ५३ (८+१२८) जीबीको स्टोरेज भेरिएन्ट सार्वजनिक भएको छ । रियलमी नार्जाे एन– ५३ को मूल्य १७ हजार ९९९ रहेको कम्पनीले जनाएको छ । ५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन–५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको जनाइएको छ ।

५ हजार एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्जहुने कम्पनीको दाबी छ । ७.४९ एमएम मोटाइ भएको नार्जाे एन–५३ लाई कम्पनीले सबैभन्दा पातलो फोन मध्यको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७एमएम र तौल १८२ ग्राम रहेको छ । 

फिगंर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ । युनिसक टाइगर टी ६१२ चीप सेट रहेको यस नार्जाे एन–५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । 

त्यसैगरी चिपसेटमा १२ एनएमप्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि मालीजी–५७ जीपीयू रहेको जनाइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button