Insurance & Finance

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्री खुला

काठमाडौ, ८ फागुन । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ ।

यसमा २० लाख कित्ता सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

यस सेयरमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेहुन्छ । आवेदकहरुले चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । 

आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button