BankingBrandingBreakingBusiness NewsCorporate

तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका सिईओ न्यौपाने पक्राउ

काठमाडौ । प्रभु बैंकका नायव कार्यकारी अधिकृत ‘डेपुटी सिइओ’ मनोज न्यौपाने पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको टोलीले न्यौपानेलाई मंगलबार पक्राउ गरेको हो ।

ऋण  प्रबाहमा कमजोरी देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । न्याैपानेसहित ११ जना पनि पक्राउ परेका छन ।

तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सीआईबीले पक्राउ गरेको हो।

उनी २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

प्रभु बैंकसँग सेञ्चुरी मर्जर भएपछि उनी बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका हुन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button