BankingBrandingBusiness NewsCorporate

सिद्धार्थ बैंकको ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

काठमाडौ । सिद्धार्थ बैंकले ‘सिद्धार्थ नारी बचत खाता’ का ग्राहकहरुका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पु¥याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा हो । महिला वर्गलाई लक्षित यस कार्डमार्फत् गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

सो योजनाले नगद रहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवाकेन्द्र, सिद्धार्थ केयर लगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button