BreakingBusiness NewsInternationalPolitics

किन केजरीवाल पक्राउ परे , मुद्दा के हो ?

एजेन्सी । भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ परेका छन ।

कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको निवासबाट उनलाई पक्राउ गरेको हो।

दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपका सम्बन्धमा छानबिन गर्न उनलाई पक्राउ गरिएको बताइएको छ। सन् २०२२ मा केजरीवाल सरकारले लागु गरेको उक्त नीतिले निजी क्षेत्रका थोक विक्रेतालाई अनुचित लाभ दिएको आरोप लागेको छ। आप समर्थकहरूले भने यस नीतिले सरकारी एकाधिकार तोडेको बताउँदै आएका छन्।

निर्देशनालयले यस विषयमा सोधपुछका लागि केजरीवाललाई बारम्बार बोलाएकामा उनले धेरै पटक त्यसको बेवास्ता गरेका थिए। यसै मुद्दाका सम्बन्धमा उनको पार्टीका दुई नेता सञ्जय सिंह र मनीष सिसोडियालाई गत वर्ष पक्राउ गरिएको थियो।

भारतको मुख्य विपक्षी कांग्रेसलगायतले घटनाको विरोध गरेका छन्। आपले आफ्ना अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले केजरीवाललाई पक्राउ गरिएको बताएको छ।

भारतमा आगामी एप्रिल १९ तारिकदेखि लोकसभा निर्वाचन हुँदै छ। त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पुनः विजयी हुने धेरैको आकलन छ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसकी नेत्री प्रियङ्का गान्धीले केजरीवाल पक्राउ परेको घटना गलत तथा असंवैधानिक भएको टिप्पणी गरेकी छन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button