BrandingBusiness NewsCorporate

ट्रान्क्युलिटी स्पाले ग¥यो फिट फेस्टमा हाइकिङ

काठमाडौ– ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ ।

फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको थियो । हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुनुको साथै मुडफ्रेस हुने भएकोले ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए ।

हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए । सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए । हाइकिङको क्रममा ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सुन्दै सहभागीले मनोरञ्जन लिएका थिए ।

एक दिन भएपनि आफना ग्राहकलाई प्रकृृतिको मज्जा दिनका लागि वार्षिक कार्यक्रम अन्तरत हाइकिङ कार्यक्रम गरिएको ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले बताए । राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरु विच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको थिए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button