BankingBrandingBreakingBusiness NewsCorporate
कुमारी बैंकले ल्यायो आइफोन १५ जित्ने अभियान

काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी’ अभियान शुरु गरेको छ ।
आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले सो अभियान शुरु गरेको हो ।
यस अभियानअन्तर्गत ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी पाँच सय रुपैयाँको टपअप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशालीले आइफोन १५ जित्न सक्नेछन् ।
सो अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्नुपर्ने हुन्छ । यो अभियानको अवधि वैशाख १ देखि ३१ गतेसम्म रहेको बैंकले जनाएको छ ।