BrandingBreakingBusiness NewsCorporateInfo-Tech

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला जारी

चितवन : चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१’ शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोग रहेको छ । प्रदर्शनी अवधिमा ‘नेपालमा स्टार्टअप इको सिष्टम रटेक्नोलोजिकल इनोभेसन’ र चैत्र १० गते ‘दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ शीर्षकमा प्यानल बहस सहितको सेमिनार आयोजना हुँदैछ ।

प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूल ध्येय राखी ‘छैटौं टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१’ आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिने जनाइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button