Business NewsInsurance & FinanceTrending

सूर्यज्योतिको अभिकर्ता Product Ambassador अभियान प्रभावकारी बन्दै

सूर्यज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरू मध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीको बिज्ञापन समाग्री हरु कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यमहरू तथा सामाजिक संजाल मार्फत देश व्यापी रुपमा प्रचार –प्रशार गर्नुका साथै कम्पनीका देशै भरि रहेका शाखा कार्यालयहरुको बिशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, बिज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।
कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एबं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, ब्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा बृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो
चालु आ.व. मा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका श्री कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका श्री गौरव कुमार शाही तथा महाराजगंज शाखाका श्री सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि Product Ambassador को उपाधि प्राप्त गर्न सफल भइसक्नु भएको छ ।
कमल प्रसाद घिमिरे


जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमको रुपमा आफुले लिएको र बीमा सचेतना अभिबृद्धि गर्दै धेरै भन्दा धेरै जनालाई बीमा गराउने उद्देश्य लिनु भएका घिमिरेलाई Product Ambassador बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर,Mobile Apps तथा Website मा समेत आफ्नो फोटो देखे पछि बीमा गर्ने व्यक्तिहरुले सजिलै विश्वास गर्ने वातावरण भएको र बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको बताउँनु भयो ।
गौरव कुमार शाही


Product Ambassador बने पछि नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखाहरुमा ऋचयकक(कतबलम मा फोटो हुने, ब्रोसर,Mobile Apps तथा Website हरुमा समेत फोटो आउने भएकाले बीमितहरुको बिचमा कम्पनीको आधिकारीक अभिकर्तारव्यक्ति हो भन्ने अनुभूति हुनुका साथै मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरुलाई बीमा गराउन झन सजिलो भएको बताउनु भयो । विगत ३र४ वर्ष देखि लगातार विभिन्न बीमा योजनाको Product Ambassador बन्न सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभुत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको Product Ambassador मा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरुमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको बताए ।
सृजना पन्त


Product Ambassador बनेर सम्मान पाउँदा एकदमै गर्व महशुस भएको छ । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आफु र आफ्नो कम्पनी प्रति गर्व गर्ने अवसरको रुपमा लिएको बताउनु भयो । Product Ambassador बने पछि उहाँलाई आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टीकोणमा नै फरक पाएको बताउनुहुन्छ । यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ । कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाईको फोटो आएको ? कम्पनीले ब्रान्डीङ्ग गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मुल्यवान अवसर मार्फत अभिकर्ताहरुले मेची देखि महाकाली सम्म रहेका दुर दराजका गाउँगाउँका हरेक घरसम्म पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरि हरेक नेपालीहरुको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरि आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता हुने कुरामा आफू बिश्वस्त रहेको कुरा बताउनु भयो । साथै सूर्यज्योतिको प्रोडक्ट एम्बासडरको रुपमा आफूलाई स्थापित गरि आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देश भरि जीवनवीमा क्षेत्रमा सेवा प्रदान गरिरहनु भएका सम्पुर्ण अभिकर्ताहरुलाई धन्यवाद दिदै अवसर प्राप्त गर्न हार्दिक अनुरोध गर्नुभयो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button