BrandingBusiness NewsCorporate

एनआइबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार, चुक्ता पुँजी ४७ करोड

काठमाडौं। एनआइबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु भएको छ।

दुवै संस्थाका सञ्चालक समितिको छुट्टाछुट्टै बैठक निर्णयबमोजिम ‘एनआइएमबी एस क्यापिटल लिमिटेड’ नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु भएको हो।

एक्विजिसन प्राप्ति पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड तथा ४ लाख ८५ हजारभन्दा बढी हितग्राही खाता भएको कम्पनीले जनाएको छ। कम्पनीले अब ७ वटा शाखा कार्यालय र ५५ भन्दाबढी कम्पनीको सेयर रजिष्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान गर्नेछ।

एक्विजिसनपश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुका साथै सेवाहरू अझ सुदृढ र सशक्तरूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउने कम्पनीको विश्वास छ।

एक्विजिसनपश्चात साविकको एनआइबिएल एस क्यापिटल लिमिटेडको नामसमेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गते स्वीकृति प्राप्त गरेको थियो।

त्यसपछि दुवै संस्थाको असार १२ गते बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम प्राप्तिपश्चात परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’बाट सोमबारदेखि एकीकृत व्यवसायरकारोबार सञ्चालन भएको हो।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button