BankingBrandingBusiness NewsCorporate

एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

यसै अन्तर्गत बैंकले विरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसंग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

उक्त विधालयको भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यलाय परिसरमा आयोजित एक समारोहकाबिच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् ।

यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गरे ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button