Insurance & Finance
ट्रेन्डिङ

युवा महिला उद्यमीलाई सशक्त बनाउँदै कोका-कोला

काठमाडौं । कोक –कोला नेपालले एटेलियर प्लेटफर्म प्रा लिमिटेड सँगको सहकार्यमा युवामहिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ ।

यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम“सक्षम”को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू र सम्भावित स्टार्ट अपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृङ्खला भन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ माआवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्तभएको थियो।

आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई वहाँहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो। यी फाइनलिस्टहरुमा केहि क्राफ्ट्सका वृन्दादिवान,डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन,सच्र्डकी रोजिना बराल,बाया–इन्जाइम्सकी सरला महर्जन,ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन्।

कोकाकोला कम्पनीकालागि नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थी भन्छन्, “यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ। यी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर, हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौं जसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान र्पुयाउँछ।”

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button