Insurance & Finance

गरिमा क्यापिटल सञ्चालक समितिको अध्यक्षमा पाण्डे नियुक्त, सिईयोमा भट्टराई

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ ।

कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् ।

यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ ।

साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे कायम भएका छन् । यस्तै सञ्चालकहरुमा माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी भएका छन् भने स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।

यस्तै महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक, माधव प्रसाद उपाध्याय सञ्चालक, निर्मल भट्टराई प्रमुख कार्यकारी अधिकृतमा भएका छन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button