BrandingBusiness News

मुर्रा लिन सरकारी टोली भारत जाँदै


काठमाडौ ।भारतले अनुदानस्वरूप दिएको मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाने भएको छ ।

विभागका चारजना यसै साता भारत जाने तय भएको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुुभयो ।

मुर्रा राँगा लिन जाने टोलीमा पशुसेवा विभाग महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान र क्वारेन्टिन शाखाका प्रमुख छन् ।

भारतले सीमानाकासम्म ल्याइदिने र त्यहाँबाट नेपाली टोलीले ल्याउने गरी प्रक्रिया अघि बढेको छ । अनुदानस्वरूप दिइने १५ वटा राँगालाई एकैपटक ल्याइने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि २० गतेसम्म भारत भ्रमणका क्रममा नेपाली मुर्रा राँगा उपलब्ध गराउने सहमति भएको थियो ।

 उन्नत जातका राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार डोज वीर्य उत्पादन गरी एक लाख भैँसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादन बढाउने सरकारको नीति रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button