BankingBreakingBusiness NewsCorporate
प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त, स्थापना कालदेखि कै सिइओ नारायणदास मानन्धर बिदा
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त हुनुभएको छ। बैंकको महाप्रबन्धक मानन्धर कामु सीईओमा नियुक्त हुनुभएको हो ।
बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले कामु सीईओमा सञ्जीव मानन्धरलाई नियुक्त गरेको हो ।
प्राइम कमर्सियल बैंकमा नारायणदास मानन्धर साढे १५ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै बिदा हुनुभएको हो। मानन्धर बैंकको स्थापना कालदेखि नै सिइओ हुनुहन्थ्यो ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीले दुई कार्यकालमात्रै एउटा संस्थामा बस्न पाउने व्यवस्था छ ।मानन्धर दुई कार्यकाल बैंकमा सिईओको समय सकिएपछि प्राइमबाट बिदा हुनुभएको हो ।