काठमाडौं। ग्लोबल आईएमई बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी भ्वाइस मेसेजबाट पुष्टि हुने स्मार्ट अडियो डिभाइस सार्वजनिक गरेको छ ।
बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो ।
यो डिभाइसमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भ्वाइस म्यासेजबाट भुक्तानी भएको पुष्टि गर्छ ।
यसले ग्राहक र व्यापारीलाई निकै सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।
मर्चेन्टरव्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकले जनाएको छ ।