Business News

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौ, नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । आज १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button