EntertainmentInternationalTrending

हलिउडमा हडताल अन्त्य गर्न १५ करोड डलरको अफर

ओेस्कार विजेता अभिनेता जर्ज क्लुनी र हलिउडका अन्य शीर्ष स्टारलाई अहिले जारी हडताल अन्त्य गर्न १५ करोड डलर अफर गरिएको छ । हडताल सयौँ दिनमा पुग्नै लाग्दा सो अफर आएको हो । यसको पुष्टि क्लुनीका प्रवक्ताले बिहीबार गरेका थिए ।

अफरअनुसार तीन वर्षको अवधिमा स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडरेशन अफ टेलिभिजन एन्ड रेडियो आर्टिष्ट ९साग–आफ्ट्रा०लाई १५ करोड डलर उपलब्ध गराइनेछ । यसबाहेक स्वास्थ्य अवस्था सुधार्न पनि सहयोग गरिने बताइएको छ । थोरै कमाई भएका कलाकारहरूले अफर गरिएको रकमबाट उनीहरूको हिस्सा लिएपछि शीर्ष स्टारहरूले थोरै रकम लिने क्लुनीले बताएका छन् ।

अहिलेको हडताल अन्त्य गर्ने समाधानमा धेरै कमाउने कलाकारहरू समेत सहभागी हुन चाहेको उनको भनाइ छ । जुलाईयता साग–आफ्ट्राका सदस्यहरू हडतालमा उत्रिएका छन् । संगठन र मोसन पिक्चर एन्ड टेलिभिजन प्रोडुसर्सबिच हडताल समाप्त गर्ने विषयमा भइरहेको वार्ता गएको हप्ता भङ्ग भएको थियो । यसले तत्कालै यो समस्यामा कुनै समाधान निस्कने आशामा तुषारापात भएको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button