
आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्।मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौँडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन्। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् ।
आशा र राष्ट्र उत्थान मर्जरपश्चात् बनेको आशा लघुवित्त वित्तीय संस्थाले गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।‘काममा अनावश्यक दबाब दिएको, विभिन्न शाखामा गई राष्ट्र उत्थानको शाखा तथा कर्मचारी नभए पनि लघुवित्तलाई फरक नपर्ने भनी धम्की पूर्ण भाषाको प्रयोग गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा सुविधा समायोजन गरी हाम्रा मागहरू पुरा गरेमा कामलाई निरन्तरता दिन सकिने छ।