BrandingBusiness NewsCorporateTourismTrending
बागलुङ महोत्सव पुस ११ गते देखि, एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने
बागलुङ । बागलुङमा पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ ।
गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने मुल उदेश्यसहित उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा बागलुङ महोत्सव हुने भएको हो ।
पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।
महोत्सवमा घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्षका साथै स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी हुने छ ।
महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ
हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो ।
।