BrandingBreakingBusiness NewsTrending
सुनको मूल्य ह्वात्तै बढ्यो ,प्रति तोला १ लाख १८ हजार ८ सय रुपैयाँ
काठमाडौं। निन्तर घट्दै आएको सुन चाँदीको मुल्य बिहिबार बढेको छ ।
बिहिबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलाको १ लाख १६ हजार ३ सय थियो
यस्तै बिहिबार चाँदीको मुल्य समेत बढेको छ । बिहीबार चाँदी प्रति तोला १४ सय ५५ कारोबार भएको छ । बुधबार प्रति तोलाको १४ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुुन प्रति औंस २०३०.६५ डलर र चाँदी प्रति औंस २३.८५ डलर पुगेको छ।